

सेयर बजारमा हरियाली




नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६० अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्र्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोेबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज जीवन बीमा समूहको २.८५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, बैंकिङ समूहको १.३९ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।