

राइजिङ हाइड्रोपावरले आइपीओ ल्याउने




काठमाडौं । राइजिङ हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले संस्थागत परामर्शदातामा मुक्तिनाथ क्यापिटल लिमिटेडतोकेको हो ।
यता, सोही नियुक्ति सम्बन्धी सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।
त्यस्तै, सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ ।
साथै, २०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्था रहेको जनाइएको छ ।