

छ्याङ्दी हाइड्रोपावरको हकप्रदको आवेदन म्याद थप




काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा माग अनुसार आवेदन नपरेको भन्दै अवधी थपीएको छ ।
हाल्सम्म सेयरधनीले माग अनुसार आवेदन नदिएका हुन् । त्य्स्तै, कम्पनीले जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
पहिलो चरणमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिन समय थपेको कम्पनीले जनाएको हो ।