

सुनको मूल्य घट्यो




काठमाडौं । बुधबार, सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
यता,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ ।
भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।