

नेप्सेमा ‘रिलायबल समृद्धि योजना’को इकाई सूचीकृत भएसँगै भोलिबाट कारोबार सुरु हुने




काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले जारी गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको जनाइएको छ। सोमबार नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको अवस्था छ।
सोही इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले योजनाको इकाई खरिद बिक्री गर्न सक्ने छन् भने उक्त योजनाको सिम्बलबाट कारोबार हुने छ। त्यस्तै, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो भने सोही योजना बीमा क्षेत्रबाट संचालन हुन लागेको पहिलो योजना रहेको बताइएको छ।