

हिमालयन लाइफको साधारणसभा भोलि बस्ने




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा भोलि बस्ने भएको छ । सोही सभा कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको जनाइएको हो।
यता, सभाबाट गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश कर सहित वितरणको प्रस्ताव पारित हुनेछ ।
त्यस्तै, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्दै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको जनाइएको हो । सभा तथा लाभांश वितरण प्रयोजनाका लागि जेठ २८ गते बुक क्लोज भएको थियो ।