

दरमखोला हाईड्रोले भोलिदेखि आईपीओ निष्कासन गर्दै




काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले भोलि (असार ९ गते) देखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।
सोही कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ भने १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार १५० कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको छ ।
सेयर गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बाग्लुङकै बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन मिल्छ ।
साथै, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र बानेश्वरस्थित कार्यालयमा, थापाथलीस्थित दरमखोला हाईड्रोको काार्यलय र वेबसाइटमा तथा नेपाल धितोपत्र बोर्डबाट पनि प्राप्त गर्न सकिने छ ।
कम्पनीका अनुसार त्यसैगरी आयोजना प्रभावितले बिक्री प्रबन्धकले तोकेको आयोजना प्रभावित जिल्लाका बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावरहाउसबाट समेत प्राप्त गर्न सकिनेछ।