

टुरिजम इन्भेष्मेन्ट फण्डले आईपीओ निष्कासन ल्याउँने




काठमाडौं । टुरिजम इन्भेष्मेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बस्ने जनाएको हो ।
यता, साधारणसभाले जारी पूँजीको २०।५३ प्रतिशत बराबर आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव सदर गर्नेछ।
सोही सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पारित गर्नेछ।