

घट्यो नेप्से परिसूचक, ११ अर्बको कारोबार




काठमाडौं । सातामा सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २३.६८ अकंले घटेको हो ।
सोही दिन २६२९।९९ बिन्दुुमा परिसूचक कायम हुँदा ३ सय १४ कम्पनीले २ करोड ९२ लाख ९५ हजार कित्ता सेयर खरिद ब्रिकी गरेका छन् ।
यता, ११ अर्ब १७ करोड ४७ लाख रुपैयाँको कारोबार हुन पुगेको सूचकमा देखिन्छ । सोही दिन नेप्सेका १३ राता भएका छन्।
यता, बैंकिङ समूह ०.३९ प्रतिशत, विकास बैंक समूह ०.९१ प्रतिशत, फाइनान्स समूह ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूह १.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहका ०.६९ प्रतिशतले सेयर मूल्यमा गिरावट देखिएको हो ।
अझै पनि लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन् । उनीहरुलाई मार्केट वियरीस वा बुलिस ट्रेण्डमा जान्छ भन्ने भन्दा पनि खल्तीमा भएको पैसा निर्धक्क बजारमा लगानी गने वातावरण कायम होस् भन्ने स्थिरताको खोजीमा छन् । भलै केही हदसम्म अन्योलता भने घट्ने क्रममा नै देखिन्छ ।