

घट्यो नेप्से परिसूचक, ९ अर्ब ८ करोडको कारोबार




काठमाडौं । बुधबार नेप्से परिसूचक घट्न पुगेको छ। त्यस्तो सूचक १.७ अंक घट्न पुगेको हो ।
यता, परिसूचक २६५३.६८ बिन्दुमा कायम भएको बेलामा ७ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच हुन पुग्यो । सोही साताको चौथो दिन ३ सय १४ कम्पनीहरुले ७८ हजार १३ पटकको कारोबार गरे भने सोही बेलामा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँको २ करोड ३४ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको देखिन्छ।
नेप्सेका ५ परिसूचक बढ्दा ८ परिसूचक घटेका हुन् ।