

मकरी गाड हाईड्रोपावरले आईपीओ जारी गर्ने




काठमाडौं । मकरी गाड हाईड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रयोजनका लागि असार १८ गते साँझ ५ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा डाँकेको हो।
यता, सोही सभाबाट अधिकृत र जारी पूँजी वृद्धि गर्ने तथा सोपछि सर्वसाधारणमा आईपीओ जारी हुनेछ।
साथै, सभबाट आईपीओ बाँडफाँडपछि बन्ने पूँजीको उपयोगदेखि कम्पनीको प्रबन्धपत्र, नियमावलीलाई संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिइने जनाइएको हो ।