

नेप्से परिसूचक ०.८५ अंकले बढ्यो




काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ बिन्दु पुगेको छ । सोही दिन परिसूचक ०.०३ प्रतिशतले बढेको हो ।
साताको तेस्रो दिन ३ सय १८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँको सेयर कारोबार भएको अवस्था छ ।
यता, बैंक, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको बेलामा ८५ कम्पनीको मूल्य बढेको र १ सय ६१ कम्पनीको घट्न पुगेको अवस्था छ । आजै ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ ।
त्यस्तै, कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको बेलामा उसको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको अवस्था छ।
साथै, दोस्रोमा राधी विद्युत कम्पनी तथा तेस्रोमा ङादी ग्रुप पावर कम्पनी रहेको नेप्से परिसूचकमा देखिएको हो ।