

नेप्सेका सीईओ र गभर्नरको भेटवार्ता हुँदा शेयर लगानीर्ता थप आशावादी बन्दै




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ चुडामणी चापागाईले र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडलले भेटघाट सम्पन्न गरेका छन् । सोही क्रममा नवनियुक्त गभर्नर पौडेलले कार्यकालको सफलताका लागि शुभकामना समेत ग्रहण गरेका हुन् ।
सोही भेटमा समग्र अर्थतन्त्रदेखि शेयर बजारको क्षेत्रमा दुई पक्षले खेल्ने सकारात्मक भूमिकाका बारेमा चर्चा भएको थियो । आज सम्पन्न सोही भेटमा समग्र वित्तीय अवस्थालाई थप गतिशीलता दिने र सुशासनयुक्त ढंगले काम गर्ने विषयमा छलफल भएको थियो ।
यता, सेयर बजारलाई चलायमान बनाँउदै लगानीकर्ताहरुबाट उठ्दै आएका मागहरुलाई सहि तरिकाले सम्बोधन गर्नेमा छलफल केन्द्रित भएको पनि जनाइएको छ ।
साथै, पूँजी बजार प्रति सकारात्मक मानिएका र लाखौं लगानीकर्ताहरको आशाको केन्द्र भनेका गभर्नरको नेप्सेसँगेको भेटघाटले पनि धेरै लगानीकर्ताहरुमा सकारात्मक आशा जगाएको पाइएको छ । नयाँ गर्भनरकै कार्यकालमा आफ्नो खल्तीमा राखेको पैसा बजारमा निर्धक्क रुपमा लगानी गर्ने वाताबरण आजको खाँचो बनेकोमा चर्चा हुँदै आएको छ ।