

तीनकुने घटनामा रविन्द्र मिश्र, दुर्गा प्रसाईं र राणासहित ६२ जनाविरुद्ध मुद्दा दायर




काठमाडौं । राजावादी समर्थकहरुले सभा तोकिएकै दिन चैत १५ गते घटेको तीनकुने घटनाका अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको अवस्था छ । सोही प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यता, धवलशमशेर राणा, रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६२ प्रतिवादीविरुद्ध आज अभियोजन भएको बताए।
साथै, अन्य तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिइएको छ भने काफ्लेका अनुसार तीन नाबालकसहित कुल प्रतिवादी ६५ हुने जनाइएको हो।