

बढ्यो नेप्से परिसूचक, ९ अर्ब ८२ करोडको कारोबार




काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) १९.४० अंकले बढ्न पुगेको छ। आज ०.७२ प्रतिशतले बजार बढेको बेलामा परिसूचक २६८८.९१ बिन्दुमा पुगेको हो ।
बजार बढेको दिन ३ सय १४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३ सय २९ कित्ता सेयर खरिदबिक्री भएको छ । सोही दिन ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२.४२ रुपैयाँ बराबरको कारोबार भएको परिसूचकमा देखिन्छ ।
त्यस्तै, ओम मेगाश्रीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा आर्जन गरेको बेलामा बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा खाएको अवस्था छ ।
साथै, बिहीबार ङादी ग्रुप पावरको ६९ करोड १ लाख ७२ हजार ३ सय २५.७० रुपैयाँको उच्च बराबरको भएको छ । त्यस्तै, हिजो एक दिन अघि भने नेप्से परिसूचकमा ७.९४ अंकको गिरावट आएको थियो भने कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६ सयमा रहेको नेप्से सूचकमा देखिएको हो ।