

नेप्से परिसूचक ७.९४ अंकले घट्दा, १० अर्ब ६९ करोडको कारोबार




काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घट्न पुगेको छ। नेप्से परिसूचक ७.९४ अंक घटेर २६६९.५१ विन्दुमा पुगेको हो।
यता, सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंकमा कायम भएको छ। हिजो ७ अर्ब ३१ करोडको शेयर किनबेच भए पनि आज भने ३ सय १६ स्टकको ८८ हजार १ सय २१ पटक कारोबार हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरका २ करोड ३० लाख २६ हजार कित्ता शेयर किनबेच हुनपुगे।
बुधबार, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ८४ रुपैयाँ ६० पैसा बढेको बेलामा ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो भने सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको तथ्यांकमा देखिन्छ ।
सोही बेलामा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढ्न पुगेको र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य भने सर्वाधिक ८.३२ प्रतिशत घटेको हो ।
नेप्से परिसूचकका अनुसार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक उकासिएको बेलामा १० उपसमूहको परिसूचक घटेका छन्।