

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने




काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । तरलता व्यवस्थापनमा पछिल्लो समय आक्रमक देखिएको राष्ट्र बैंकले मोटो रकम खिच्दै आएको छ ।
यता, राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज उक्त रकम खिच्न लागेको हो भने २१ दिन अवधिका लागि निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन सक्ने जनाइएको छ।
साथै, बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने तथा यसको साँवा र ब्याज भुक्तानी जेठ २८ गते हुनेछ । यसलाई बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने जनाइएको हो।