

पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट अनुमति




काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट पिपुल्स पावर कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरिएको छ। कम्पनीले उक्त हकप्रदका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत सेयर निष्कासन गर्ने माग गरेको थियो ।
अब सोही हाइड्रो पावरको १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँ दरले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन हुने भएको छ । साथै, बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटल तोकिएको समेत जनाइएको हो ।