

सुनको मूल्य ६ सयले बढ्यो




काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार हिजो १ लाख ८४ हजार २०० रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
साथै, सोही समयमा चाँदीको भाउ भने स्थिर रहेको देखिन्छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको हो।