
सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो ।
आईतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रा.लि.का कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन् । १६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ । आयोजनामा ग्लोवल आइ एम इ , एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन् ।
अन्नपुर्ण विद्युत विकास प्रा.लि. द्धारा प्रबद्र्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाई भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कातिक महिनाबाट भौतिक निर्माणको काम सुरु प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत रहेको छ ।
माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने जनाइएको छ ।

