
डा. गुणाकर भट्टविरुद्धको पूरक निवेदन सर्वोच्चले स्वीकार गरेन,फेरी गभर्नर बन्ने लाइनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको अन्तिम दौडमा पुगेको बेलामा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा पूरक रिट निवेदन परेको थियो । सोही रिट निवेदन अदालतले अस्वीकार गरेको हो।
यता, अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतिले नयाँ गभर्नरका लागि डा. भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा पूरक निवेदन हालेका थिए । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले सोही पूरक निवेदन अस्वीकार गरेको अवस्था छ।
साथै, सरकारले अर्थमन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गरेर उमेरहद सम्बन्धी व्यवस्था हटाएसँगै थापा र उप्रेतीले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। अब भने आगामी गभर्नरको रेसमा फेरी भट्ट देखिएका भएका हुन् ।
सरकारले फागुन ३० गते उक्त मापदण्ड संशोधन गरी पदाधिकारीलाई ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यलाई ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो ।

