

अध्यक्ष र कार्यकारी निर्देशककोमा बीमा कम्पनीहरुका आरआईका फाइल रोक्किए, के होला कारण ?




शरदले किन लिए सदरमा ढिलाईको नीति ?
काठमाडौं । पछिल्लो समय नेपाली बीमा प्राधिकरणको कार्य शैलीमा केही सुस्तता आएको बीमा कम्पनीहरुले बताउन थालेका छन् । उनीहरुले त्यस्तो प्रभाव पर्नुको मुख्य कारण आफुहरुको रि-इन्स्योरेस (आर आई) (पुनर्बीमा) का फाइलहरु सदरमा ढिलाई हुनु एक मुख्य कारण रहेको गुनासो गरेका हुन् ।
यता यस अघिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेपाल बीमा प्राधिकरणमा लिमिट तोकेका थिए । उनले २० लाखसम्मका फाइल सम्बन्धित शाखालाई, ५० लाखसम्मको लाइफ निर्देशक तहलाई र बाँकी सो रकम भन्दा ५० लाख भन्दा माथिका फाइलहरु आफै सरद गर्ने गरेको बुझिएको छ ।
बीमा प्राधिकरण स्रोत भने रोक्किएको भन्दा पनि कार्यसम्पादनमा केही ढिलाई भएको स्वीकार गर्छ । तर, यता कम्पनी भने गाडी बसपार्क पुग्न ढिला हुनु वा जाममा फस्नु जे भने पनि समयमा काम नहुनु हो भनेर बुझ्न सकिने र आफ्नो भनाईको तात्पर्य पनि त्यही काममा अकारण सुस्तता छायो भन्ने नै रहेको उनीहरुको ठहर छ ।
हाल नेपाल बीमा प्राधिकरणमा यूवा अध्यक्ष शरद ओझा छन् । उनै ओझा र कार्यकारी निर्देशक सुशिलदेव सुवेदीको फाँटमा आर आईका फाइलहरु थुप्रिएको खुलेको हो ।
यस अघि सम्बन्धित विभागलाई बीमा प्राधिकरणको नेत्तृत्वले विश्वास गर्ने र सोही अनुसारको जिम्मा समेत दिने गरेको दाबी गरेको छ । तर, हाल भने त्यस्ता फाइल सकेसम्म आफ्नो टेबलमा हडपेर राख्ने तर त्यसको कार्य सम्पादनमा भने चाहिने भन्दा निकै सुस्तता देखिएको कम्पनीहरुले गुनासो गरेका हुन् ।
बीमा कम्पनी स्रोतले अध्यक्ष कार्यकारी निर्देशक नयाँ पुरानो को हुनुहुन्छ भन्दा पनि हाम्रो फाइल रोक्ने काम त प्राधिकरणको होइन होला नि भन्ने सम्मको जिज्ञासा गरेका छन् ।
यता, नेपाल बीमा प्राधिकरणका उच्च तहका (केही विभागका कर्मचारीहरु) सँग बीमा दर्पण डटकमले सोधखोज गर्दा अकारण फाइल रोक्ने अधिकार कसैलाई नहुने र आर आइका फाइल तिब्र गतिमा अघि बढाइनु पर्ने बताइएको छ ।
भलै बीमा प्रधिकरणको नेत्तृत्व तह भने आफ्नो उदेश्य फाइल रोक्ने नै रहेको हो वा आफूलाई सानो काम गर्न लामो समय लागेको हो त्यसमा खासै खुल्न चाहदैन । ठीक यही बेलामा बीमा कम्पनीहरुले बमिा प्राधिकरणबाट काममा सुस्तता आएमा त्यसको असर समग्र बीमा उद्योगमा पर्ने भएकाले सरोकारवाला निकायले जिम्मेवारपूर्ण रुपमा काम गर्नु पर्ने बताएका हुन् ।