
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं । दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको खबर प्राप्त भएको छ । उक्त दुर्घटना कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको हो।
यता, प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।
साथै, सोही दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य रहेको छ । अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।


