

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने




काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको कुल ६१ लाख २५ हजार कित्ता शेयर आइपीओ जारी गर्न अनुमति मागेको हो ।
यस आइपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।