
आन्दोलनरत शिक्षकहरूलाई मन्त्रालयले पुन: वार्तामा बोलायो

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा आउन पुन आग्रह गरेको छ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादका लागि बोलाएको हो। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गरिरहेको काठमाडौँ केन्द्रित आन्दोलनका सन्दर्भमा साझा धारणा निर्माण गर्न भन्दै गत चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो तर शिक्षकहरूले उक्त वार्ता अस्वीकार गरेका थिए ।
मन्त्रालयमा भोलि २७ गतेका दिन वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक ९कर्मचारी० को प्रतिनिधित्व हुने गरी उपस्थित हुन नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरेको छ ।देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन तथा प्रदर्शन गरिरहेका छन्। तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने उनीहरूको माग छ।

