


शिखर इन्स्योरेन्सले कैलालीमा भुक्तानी गर्यो बनानाको दाबी




काठमाडौं । शिखर इन्स्योेरेन्स कम्पनीले कृषकहरुलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखा कार्यालयले मंगलबार टिकापुर नगरपालिकाका विभिन्न कृषकहरुलाई केरा खेतीको बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीले टिकापुर नगरपालिकाका कृषकहरुलाई आज कुल १४ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । देशभरीका कृषक तथा विभिन्न आपतमा परेका बीमितहरुलाई प्रदान गरिने बीमा दावी वितरणमा कम्पनी अग्रस्थानमा रहेको छ ।