

नेप्से परिसूचक घट्दा कारोबार रकम समेत खुम्चियो




काठमाडौं । नेप्से परिसूचक घटेको छ । परिसूचक परिसूचक ३२ दशमलव ४५ अंकले घ्ट्न पुगेको हो।
सोमबार नेप्से परिसूचक २६७० दशमलव ९४ विन्दुमा पुगेर रोक्कियो। मतलब बजार बन्द भयो ।
त्यस्तै, सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको बेलामा जम्मा २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको देखिन्छ। ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८५ अंकले घटेर ४४६ दशमलव २३ विन्दुमा पुगेको बेलामा सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको नेप्से परिसूचकमा देखिन्छ।
साथै, आज ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ बराबरको कारोबार हुँदा ३ सय २२ कम्पनीका १ करोड १४ हजार ८६६ कित्ता सेयर ५५ हजार ७१२ पटक खरिद बिक्री गरेका हुन् ।