
चैत २८ गतेबाट पियोर इनर्जीले करिब १२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्ने



काठमाडौं । पियोर इनर्जी कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसअघि कम्पनीले बाँकेका प्रभावित स्थानीय बासिन्दालाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँट पनि गरिसकेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता माग गर्दै वैशाख २ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा मागअनुसार आवेदन नपरेमा म्याद वैशाख ११ गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

