
सर्वदलीय बैठकले तीनकुने क्षेत्रमा भएको घटनाको दोषी ज्ञानेन्द्र शाहलाई तोक्यो



काठमाडौं । आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सुरु भएको गणतन्त्र पक्षधर दलहरूको बैठकले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्षमा पुगेको हो। आज साँझ सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका छन्।
यता, सोही बैठकमा गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा गरिएको हिंसात्मक गतिविधिको सबै दलले भर्त्सना गरेको सुनाएका छन्। गृहमन्त्री लेखकले संविधान समाप्त गर्ने खेलमा पूर्वराजा ज्ञानेन्द्र नै सहभागी भएको अन्य दलहरूले आरोप लगाए। उनले दलका नेताहरूले पूर्वराजालाई कारबाही गर्नुपर्ने आग्रह गरे।
साथै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि भइरहेको षडयन्त्रमाथि दलहरूबीच छलफल भयो। धेरै लामो संघर्ष र बलिदालीपछि यो व्यवस्था आएको छ भन्दै सोही कारण हालको संविधानको रक्षा गर्ने आफूहरु सबै एकमत रहेको उनको अडान थियो । त्यसरी नै यसै व्यवस्थाको माध्यमबाट नागरिकलाई थप सुविधा र समृद्धिमा लैजान सकिने निष्कर्ष निकाल्दा तर, व्यवस्था उल्ट्याउने र संविधान समाप्त गर्ने गतिविधिलाई सामान्य मान्न सकिँदैन भन्दै उनले चैत १५ गते बर्बरतापूर्वक भएको घटनाका दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने सबै दल एकमत छन् भने।
त्यस्तै, उनले फागुन ७ गतेपछि पूर्वराजा ज्ञानेन्द्रले संविधान विपरीत गतिविधिमा लागेको आरोप लगाउँदै फागुन ७ गतेपछि पूर्वराजाले जुनखालका गतिविधि गरे। यता, चैत १५ मा जुन हिंसात्मक घटना घटाइएको छ उक्त घटना संविधान विरोधी रहेको र त्यस्ता गतिविधि सह्य छैन, क्षम्य हुँदैन भन्ने उनको निश्कर्ष रहेको छ ।


