
नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा चयन भए पन्त



काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले आज गठन गरेको ऊर्जा समितिमा पन्तलाई सभापतिमा चयन गरिएको हो । उनीसँग ऊर्जा क्षेत्रमा काम गरेको एक दशक भन्दा लामो अनुभव छ भने पन्त सफल उद्यमी समेत हुन् ।
उक्त समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा सात जना उर्जा उद्येमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्येमी कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् । समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाइएको छ ।
काठमाडौंको जमल स्थिति चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्शका अध्यक्ष कमलेश अग्रवालले समितिका सवै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

