
ओली भन्छन् : स्वदेशी वस्तुको प्रयोग वृद्धि गरौं



काठमाडौं । शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशका उत्पादनहरुको प्रयोगमा सबैले जोड दिनु पर्ने बताए । उनले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले निकट जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिनुपर्ने विषय औंल्याए । उनले उक्त आग्रह गर्दै देशलाई आत्मनिर्भर बनाउन समेत त्यसले सहयोग गर्ने बताए ।
साथै, कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उनको भनाई छ । त्यसरी नै स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार हरदम तयार रहेको आशय ओलीले व्यक्त गरेका हुन् ।


