
बाढीपीडितलाई आवासको व्यवस्था गरिने तयारी



काठमाडौं । बिहीबार गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताए। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औँ बैठकपछि उनले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने सुनाएका हुन।
मन्त्री लेखकले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने स्पष्ट पारे।
साथै, सोही बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिइएको अवस्था छ ।
डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन र पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको जानकारी दिँदै मन्त्री लेखकले क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण प्रारम्भ भएको बताए ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

