
कुलमान उज्यालोको नायक नभई भारत हो : ऊर्जामन्त्री दीपक खड्का



काठमाडौं । बुधबार, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ हुने अवस्था आएको बताएका हुन् । उनले भारतबाट झन्डै ८०० मेगावाट विद्युत् आयात भइरहेकोमा जोड दिँदै उनले स्वदेशी उत्पादन एकहजार मेगावाटको हाराहारीमा रहेको स्पष्ट पारे।
आज राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले नेपाल विद्युत् प्राधिकरणले सही ढंगले काम गर्न नसकेको आरोप लगाएका छन्। लोडसेडिङको अन्त्य भनिए पनि उद्योगमा हालसम्म लोडसेडिङ नहटेको उनकोमा खड्काको दाबी छ।
यता, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक बनाएको भन्दै उनले असन्तुष्टि जनाए, “उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है,” उनले भने, “बरु यो धन्यवाद भारत सरकारलाई दिऊँ । निजी क्षेत्रलाई दिऊँ, जसले उत्पादन गरेको छ । जसले परिपूर्ति गरिदिएको छ ।”
खड्काले प्राधिकरणको आम्दानीमा पनि शंका रहेको बताए । “यहाँको आम्दानी यति छ । नाफा यति छ भनेर दाबी गरिएको छ,” उनले भने, “म बोर्डकै अध्यक्ष भएको कारण यहाँ डीडीए गरौँ न त भन्ने कोसिस गरेको हो ।”
सोही विषयले अहिले चर्चा समेत कमाएको अवस्था छ ।

