गोरक्ष हाइड्रोपावरको आईपीओ आउँदै
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले आगामी असोज तीन गते मंगलबार साधारण सभा डाँकेको छ । सो सभामा अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा हुनेछ भने कम्पनीले राजधानिस्थित बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा विहान ११ बजेदेखि सभा सम्पन्न हुने भएको हो ।
सोही सभाले जारी पूँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, १५ प्रतिशत शेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ भने अधिकृत पूँजी वृद्धि गरी एक अर्ब ५० करोड र तत्काल जारी पूँजी वृद्धि गरी एक अर्ब ३० करोड पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ दुई संसोधन गर्ने विशेष प्रस्ताव अघि सारिएको छ।
साथै, आर्थिक वर्ष ०७९।८० र ०८०।८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट तीन जना र एक जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने एजेण्डा अघि सारिएको हो ।