


प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा वृद्धि



काठमाडौं । साताको तेस्रो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्न पुगेको छ । मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ८८ अंकले बढेको हो ।
यता, प्रि-ओपन सेसन पछि नेप्से परिसूचक २७५२ दशमलव ३१ विन्दुमा पुगेको बेलामा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । सोही समयमा दुई कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको र सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४६० दशमलव ११ विन्दुमा पुगेको देखिन्छ।
साथै, आजको प्रि-ओपन सेसनमा ४१ कम्पनीका २४ हजार ४०० कित्ता सेयर ६८ पटक खरिद बिक्री हुँदा २ करोड ५३ लाख ५६ हजार ६४१ रुपैयाँको कारोबार भएको हो ।