
बीमाका गम्भिर्यता बुझाउन सक्यौ भने धेरैलाई लाभ मिल्छ : आईएमई लाइफका सीईओ फुँयाल



काठमाडौं । आईएमई लाइफका इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालले बीमा दर्पण डटकमलाई भिन्न शैली अपनाएर फरक रुपमा उभिन शुभकामना दिएका छन् । उनले बीमाका विषयहरु जति धेरै बुझाउन सक्यो त्यति नै धेरै नागरिक तथा बीमितहरुले लाभ प्राप्त गर्ने बताएका हुन् ।
आईएमई लाइफका सीईओ फुँयालले बीमा दर्पण डटकमसँग भने,‘नबिन पोखरेलजीले बीमा क्षेत्रमा लेख्ने पुरानो पत्रकारको रुपमा आफ्नो परिचय बनाइसक्नु भएको छ । बीमामा अनुभवि पत्रकारकै रुपमा मैले पनि तपाईलाई चिनेको हो । अब यो बीमा क्षेत्रको (अवारनेस) जनचेतनाका बारोम के–कस्ता कामहरु गर्न आवश्यक छ ? भन्ने पनि तपाईहरुले राम्रो बुझ्नु भएको छ । यता बीमा क्षेत्रका के–कस्ता (प्राक्टिस) चाल–चलनहरु छन् त्यो पनि तपाईले राम्रोसँग बुझ्नु हुन्छ । बीमालाई एकदम नजिकबाट नियालेर यसलाई आवश्यक चिरफार गर्न सक्ने, यसका राम्रा–नराम्रा चिजहरु पहिल्याउन सक्ने मान्छे भएकाले मलाई चाही बीमा दर्पण डटकमले इन्स्योरेन्स सेक्टरलाई न्याय गर्छ भन्नेमा विश्वास छ । इन्स्योरेन्सको बारेमा बुझ्न चाहनेलाई चाहे त्यो लाइफ होस्, चाहे त्यो नन लाइफ होस् वा पुनर्बीमा होस्, त्यसको बारेमा बुझ्न चाहने पाठक वा सूचित हुन चाहने मान्छेहरुलाई बीमा दर्पण डटकम एउटा राम्रो पोर्टलको रुपमा स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहरुलाई शुभकामना छ ।’
उनले थपे,‘धेरै मिडीया हाउसहरुका पनि आ–आफ्नै एरिया, अब्जेटीभ्स हुन्छ जस्तो मलाई लाग्छ । जस्तो कि कुनै राजनीतिक हुन्छन्, कुनै अर्थ राजनीतिक हुन्छन् । कोही चाही बीमामा हुन्छन्। मैले के भन्न चाहे भने नबिनजी बीमा क्षेत्रमै पुरानो भइसक्नु भएकाले हामी कहाँ बीमालेख (प्रोडक्ट) हरु, कम्पनीहरुलाई लिएर कहिलेकाही नचाहिदो मिसकन्सेप्सन गलत बुझाई समेत हुने गरेको र गलत समाचारहरु पनि प्रकाशित भएको हामीले पाउँने गरेका छौ । त्यस्ता गलत बुझाई हटाउन पनि तपाईहरु जस्तो बुझ्ने मान्छेको भूमिका रहन्छ । बीमामा बीमितले पाउने बोनस दरबा विषयमा पनि नकारात्मक कुराहरु आउने गरेका छन् । अहिले (फ्युचर बोनस प्रोभिजन) भविष्यका लागि गरिने जोगाडका कुराहरु, आइएफआरएस, (रिक्स बेस्ड क्यापिटल) जोखिमका आधारित पुँजीमा जाने जस्ता कुराहरुमा बीमितहरुलाई उहाँहरुले पाउने (रिर्टन) प्रतिफलमा पनि गलत बुझाई भएको अवस्था छ ।’
त्यस्तै शुभकामनाकै क्रममा सीईओ फ्युँयालले भने,‘बीमाको प्रतिफल दुई किसिमका हुन्छन् । एउटा भनेको केही हुँदा भवितव्यमा पाउने प्रतिफल हो भने अर्को भनेको बीमालेखले निरन्तर पाई अन्तिम अवस्थामा म्याचुअर्ड हुँदा पाइने हो । मैले बीमाको दशकमा काम गरेको झन्डै १७ वर्ष भयो तर त्यस्ता कुराहरुमा बीमितहरुले स्पष्ट हुनुभएको पाएको छैन । यी चिजहरुलाई प्रष्ट पार्न चाही नियामकसँग पनि बसिराख्नु भएको छ, हामी बीमकहरुसँग पनि बस्नु भएको छ । हामीले नेपाल भरिरहेका हाम्रा एजेन्सीको माध्यमबाट प्रष्ट पार्न लागिरहेकै हुन्छौ । तर, पनि तपाईहरुको माध्यमबाट चिरफार गरेर के हो वास्तविकता ? भन्ने बाहिर ल्याउन जरुरी छ । जस्तै बीमाका बोनस दर कसरी निर्धारण हुन्छ । बीमितले वास्तविक रुपमा पाउने कति हो ? भन्ने कुराहरु, त्यसमा प्रोडक्ट बनाउँदा कस्ता प्यारामिटरहरुका एजुम्सन अनुमाति रुपमा राखिएका हुन्छन् र रिटर्नको बेसिस के–कस्ता छन् ?भन्ने कुराहरु क्लियर बनाएर तपाईहरुले राख्नु होला ।’
उनले व्यक्तीको जीवनमा बीमाको ठूलो महत्व छ र यसबाट मोटो रकम आर्थिक क्षतीको बेलामा हात पर्ने भएकाले यसका सिद्धान्तहरुलाई सहि रुपमा प्रकाशन गरि दिनु होला भन्दै तपाईहरुलाई पनि धेरै वटा पेपरहरुको भीडमा भिन्न देखिन वा बलियो बनेर उभिन यस्तै कुराहरुले मद्धत गर्छ भन्ने बताए । शुभकामना दिँदै अन्तिममा बीमा क्षेत्रले पनि आफ्ना कुराहरु राख्न सहज हुने बताउँदै भने,‘बीमा क्षेत्रले राख्नु पर्ने कुराहरु पनि तपाईहरुको माध्यमबाट गहन रुपमा प्रस्तुत हुन्छ भन्ने नै हामीलाई लागेको छ । धन्यवाद ।’

