

नेप्से परिसूचक २ अंकले घट्यो




काठमाडौं । बिहीबार नेप्से परिसूचक घट्न पुगेको छ । परिसूचक २ दशमलव ७० अंकले घटेको हो ।
यता बिहीबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१८ दशमलव ४३ विन्दुमा पुगेको बेलामा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ०३ अंकले बढेर ४७० दशमलव ६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ उपसूचकको सेयर मूल्य घटेको हो ।
साथै,परिसूचक सामान्य घटेको दिन सेयर बजारमा १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको कारोबार भएको अवस्थामा ३ सय १० कम्पनीका १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर ९३ हजार ८९५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको देखिन्छ।
साताको अन्तिम कारोबारको दिन सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सकिृट लागेर कारोबार भएको देखिएको हो।