

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि




काठमाडौं । सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक प्रि-ओपन सेसनमा १ अंकले बढ्न पुगेको छ । समिक्षा अवधिमा नेप्से परिसूचक १ दशमलव ६० अंकले बढेर २८२२ दशमलव ७४ विन्दुमा पुगेको हो ।
यता, बिहीबार प्रि-ओपन सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै एक कम्पनीको भने स्थिर रहेको छ । आजको प्रि-ओपन सेसनमा ५१ कम्पनीका ११ हजार ४३७ कित्ता सेयर ११९ पटक खरिद बिक्री हुँदा ९४ लाख ६० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, बिहीबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५० अंकले बढेर ४७० दशमलव ०७ विन्दुमा पुगेको देखिएको हो।