

भोलिबाट क्रेष्ट माइक्रो लाइफको आईपीओ आउँने




काठमाडौं । लघु जीवन बीमक क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेले भोलिदेखि आईपिओ ल्याउँने भएको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ ल्याउँने भएको हो।
यता, नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको बेलामा सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको जनाइएको छ।
त्यसरी नै कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि भोलिदेखि निष्कासन गर्न लागेको हो भने यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ।
सो आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ भने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड तोकिएको बताइएको हो।