

प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य वृद्धि




काठमाडौं । साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५५ अंकले बढेर बन्द भएको हो ।
यता, नेप्से परिसूचक २८७७ दशमलव २२ विन्दुमा पुगेको छ भने प्रि ओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ। सोही बेलामा ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
साथै, उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४८० दशमलव ९४ विन्दुमा पुगेको बेलामा प्रि ओपन सेसनमा ७१ कम्पनीका ४७ हजार ७९६ कित्ता सेयर १५१ पटक खरिद बिक्री हुँदा ५ करोड ४२ लाख ३ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको अवस्था छ ।