
मध्यरातमा भूकम्पको धक्का, मस्त निद्रामा रहेका अधिकांशलाई जगायो



काठमाडौं । भर्खरै भुकम्पको धक्का महशुस भएको छ । राती २ बजेर ५३ मिनेटको आसपासमा भूकम्प जाँदा अधिकांशलाई ब्यूँझाएको हो ।
राजधानी काठमाडौंमा समेत भूकम्पको कम्पन महशुस गरिएको अवस्था छ ।
भुकम्प मापन केन्द्रका अनुसार केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लामा रहेको भैरवकुण्ड रहेको छ भने ६ दशमलव १ रेक्टर स्केलको भुँईचालो गएको जनाइएको छ । भुकम्पको धक्का तराई भेगमा पनि महसुश गरिएको अवस्था छ ।


