
अपि पावर कम्पनीको नाफामा आकर्षक वृद्धि,गत आवको तुलनामा १०.३८ गुणाले बढ्यो



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १०.३८ गुणाले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै सो जानकारी दिएको हो।
यता कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब मान्दा उच्च रहेको छ। यस अघि आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त एक अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकमा देखिन्छ।
कम्पनीको यस्तो तथ्यांक गत आवको तुलनामा १७९.५८ प्रतिशतले बढी होभने यस अघि कम्पनीले ३३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता विद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको खुद नाफा ९३२.११ प्रतिशतले बढ्न पुगेको छ । त्यस्तै, यसपाली ४५ करोड ६५ लाख रुपैयाँ पुगेको खुद नाफाअघिल्लो आवमा चार करोड ४२ लाख रुपैयाँमा सिमित थियो। यसरी हेर्दा कम्पनीले आफ्नो कुल नाफा २११.६० प्रतिशत बढाउँदा सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको अवस्था छ। साथै, कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
अपी पावरको ईपिएस आम्दानी ६ रुपेयाँ ८२ पैसाबाट ७ रुपैयाँ ८९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा तथा मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको वित्तीय विवरणमा देखिन्छ।
हाल, अपि पावर कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ७८ करोड ६५ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।

