

३.१४ अंकले नेप्से परिसूचक बढ्दा, ८ अर्ब माथिको कारोबार




काठमाडौं । बिहीबार नेप्से परिसूचक बढ्न पुगेको छ। यसभन्दा अघि केही दिन लगातार वृद्धीकै क्रममा देखिएको परिसूचक आज पनि ३ दशमलव १४ अंकले बढेर बन्द भएको हो ।
बिहीबार कारोबार बन्द हुन्दा नेप्से परिसूचक २७४३ दशमलव ७४ विन्दुमा पुगेको छ भने सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५८ कम्पनीको सेयर मूल्य घटेको अवस्था छ । यता ८१ कम्पनीको सेयर मूल्य मात्रै बढेको बेलामा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिन्छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९० अंकले घटेर ४५७ दशमलव ९८ विन्दुमा पुग्दा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ र ४ वटाको बढेको हो।
यता परिसूचक बढे पनि आज कारोबार रकम कमी नै देखिन्छ । यसअघिको कारोबार दिनमा १० अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्ब हाराहारीमा रहेको छ ।
त्यसरी नै, सेयर बजारमा ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८६ हजार २२३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँ बराबरको कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्से परिसूचकमा देखिन्छ।