
बाढी–पहिरोका क्षतिगत २६ आयोजना पुनर्निर्माणलाई अर्थ मन्त्रालयबाट करिब १९ अर्बको सहमति



काठमाडौं । यसपालिको वर्खामा बाढी पहिलोबाट ठूलो धनजनको क्षति हुन पुग्यो । सोही क्षतीलाई लक्षित गर्दै अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका सहमति दिने भएको हो । अर्थबाट त्यसरी २६ वटा आयोजनाका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिने जनाइएको छ।
हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजनाहरु पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् । २६ वटा आयोजना १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना हुन् ।
साथै, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको अवस्था छ ।

