
भ्यालेन्टाइन डे मा प्रेम पत्र जसरी सुटुक्क आयो एमसीसी रद्ध भएको चिठ्ठी



काठमाडौ । फागुन २ गते नै एमसीसी परियोजना रद्ध भएको सूचना बाहिरीएको छ । वि.स. २०७४ सलाको भदौ महिनाको २९ गते सो परियोजना अघि बढाउने सम्झौता भए पनि अहिले आएर रद्ध भएको हो ।
सो सूचना नेपाल सरकारका निकायले यही फागुन महिनाको सुरुवातमा नै पाएका हुन् । अमेरिकी सहयोगी संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसी परियोजना नेपालमा भित्रिदै गर्दा यसले निकै ठूलो चर्चा परिचर्चादेखि अवरोध तथा केही हदसम्म समर्थन समेत पाएको थियो ।
हाल अमेरिकामा शक्तीशाली राष्ट्रपतीको रुपमा चुनिएका डोनाल्ड ट्रम्पले एक माथि अर्को नयाँ र अनौठो निर्णय लागू गर्दै गएको समयमा यस्तो खबर एकाएक मंगलबार साँझ विभिन्न संचार माध्यम र सामाजिक संजालमा छरिन सुरु गरेको अवस्था छ ।


