

बीमाको रियालिटी उजागर गर्न काम गर्नु होस् : शिखर इन्स्योरेन्सका सीईओ पाण्डे




काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले बीमाको महत्व बुझाउन न्युज पोर्टलहरुको समेत ठूलो भुमिका हुने बताएका छन् । उनले बीमा दर्पण डटकमसँगको कुराकानीमा बीमित र बीमा कम्पनीहरुलाई उनीहरुको दायित्व कतिसम्म छ ? भन्ने कुरा स्मरण गराउँन समेत न्युज पोर्टलले भुमिका खेल्न सक्ने बताएका हुन् ।
शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले भने,‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने काम हाम्रा न्युज पोर्टलहरुबाट भएको छैन । तपाईले बीमा दर्पण डटकम ल्याउँनु भएको छ सर्वप्रथम त्यसको लागि शुभकामना छ । ल्याउनु भयो त्यसको लागि धन्यवाद पनि छ ।’
उनले थपे,‘मुख्य कुरा भनेको हामीले पनि एउटा खाँचो देखेको चाही बीमा गर्दा कसरी गर्ने ? बीमा कस्तो हुन्छ ? किन बीमा गर्ने ? यसबाट के–कस्ता फाइदाहरु हुन्छन् ? दाबी पर्दा के हुन्छ ? भन्ने कुराहरुमा खासै कलम चलेको पाइदैन, जुन एकदमै जरुरी छ । मैले के कस्ता जोखिमको सुुरक्षणको लागि बीमा गराएको हो ? वा भनौ बीमाले के–कस्ता जोखिमलाई (कभर) बहन गर्दैन भन्ने दुवै किसिमको ज्ञान बीमितले पनि पाउनु पर्छ । त्यो उहाँहरुको अधिकार पनि हो । त्यस्तै, एउटा बीमा कम्पनीले गर्नु पर्ने रोल के हो ? कतिसम्म उसको दायित्व रहन्छ ? भन्ने कुरा मिडियाले प्रस्ट पार्न सक्ने धेरै ठाउँ हुन्छ ।’
साथै,बीमितले गर्नु पर्ने रोल पनि के हो ? बीमा क्षेत्रका मध्यस्थकर्ता सर्भेयरहरुले गर्नु पर्ने रोल कतिसम्म छ ? भन्ने विषयले पनि बीमा क्षेत्रमा ठूलो अर्थ राख्ने भन्दै उनले सर्भेयर भनेका को हुन् ? कसरी कोही एउटा व्यक्ती सर्भेयर बन्छ ? र उनीहरुको वास्तविक भुमिका कहाँसम्म हुन्छ ? भन्ने जस्ता अधिकांश कुराहरु आम जनमानसले बुझिनसकेको बताए । त्यस्ता विषय समेत बुझाउने किसिमले कार्य गर्नु भयो भने एउटा नयाँ शैलीले काम गर्न सकिने ठाउँ छ भन्दै उनले नत्र न्युज पोर्टलले गर्न सक्ने कुरामा पनि सदैव ग्याप त रहिरन्छ नि भन्ने आशय व्यक्त गरे ।
सीईओ पाण्डेले शुभकामनाको अन्त्यमा भने,‘बीमालाई विभन्न ठाउँमा बुझाउनु पर्ने भएकाले तपाईले फरक ट्रयाकबाट पनि सहजै काम गर्न सक्नु हुन्छ । एउटा भनाई नै छ क्या,‘विनर्स डु ईट डिफ्रेन्टली’ भन्ने । तपाई विनर बन्नुस् । त्यही मेरो शुभकामना छ । नयाँ धारबाट अगाडी बढ्नुस् । यही भन्दै तपाईहरुलाई मेरो शुभकामना दिन चाहान्छु ।’