
नेपालगंजमा नेशनल लाइफको नयाँ भवन : माघबाट सबै सेवा पाउन सकिने



काठमाडौं । देशको पश्चिम भेगमा बीमा सेवा दिने उदेश्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा नेपालगंजमा नयाँ भवन उद्घाटन भएको छ। कम्पनीले सो भवनको उद्घाटनसँगै पश्चिम भेगमा बीमा सेवा बिस्तारमा थप सहजता पुग्ने विश्वास लिएको हो ।
आजै नाग पञ्चमीको अवसर पारेर कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले धार्मिक विधि पूरा गर्दै नयाँ भवनको शुभारम्भ गरिन्। सोही समारोहमा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्दै उनीहरुको समस्या समाधानमा निकै गम्भिरयता अपनाउँदै आएको बताए । उनले आगामी माघ महिनाबाट सोही भवनबाट बीमा सेवाका सम्पूर्ण कार्यहरु गर्न सकिने बताए।
कम्पनीले सो भवन निर्माणका लागि लामो समयदेखि बीमा प्राधिकरणसँग पनि स्वीकृती माग्दै आएको र नयाँ आर्थिक वर्षको सुरुवाती महिनामा नै अफिसियल भवनको सफ्ट लन्च गर्न सफल भएको छ । विभिन्न किसिमका सुविधा सम्पन्न सुरक्षित र भरपर्दो भवनको स्थापनाले त्यस भेगमा बीमा सेवा प्रतिको विश्वासलाई समेत ठूलो मद्धत पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

