

बीमाको वास्तविक महत्व बुझाउन न्यूज पोर्टलले भूमिका खेलोस् : बीमक संघका अध्यक्ष क्षेत्री




काठमाडौं । नेपालका सबै निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघ तथा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) का सीईओ चंकी क्षेत्रीले बीमा दर्पण डटकमलाई शुमकामना दिएका दिएका छन् । उनले अहिले बीमाको महत्व बुझाउनु पर्नेदेखि यसबारे आवश्यक बुझाई नभएर नागरिकले भोग्नु पर्ने सास्तीको अन्त्य गर्नु पर्ने बताएका हुन् ।
सीईओ क्षेत्रीले शुभकामना दिने क्रममा नै सबैभन्दा पहिलो कुरा भनेको बीमाको जनचेतनाका कुराहरु आउने बताए । उनले कतिपय कुराहरु बीमाले दिने र नागरिकले पाउने कुराको बुझाईलाई समेत स्पष्ट बनाउन आवश्यक हुनेमा जोड दिए ।
त्यस्तै, बीमा भनेको निकै बृहद विषय भएकाले सबैभन्दा पहिला यसको अपरिहार्यता बुझ्न नै सबैजना लाग्नु पर्ने बताए । उनले बीमाको कतिपय प्राविधिक विषयहरुको बारेमा राम्रो जानकारी हाँसिल गरेमा मात्रै पाठकहरुमा समेत सही खबर पुग्ने बताए ।
उनले बीमा क्षेत्रमा मुख्य चर्चामा रहने विषयमा दाबी भुक्तानी समेत पर्ने गरेको बताएका छन् । त्यस्ता दाबी भुक्तानीको विषयमा पनि पत्रिकाले दुवै पक्षको भनाई सुनेर र तल्लो तहदेखि माथिल्लो तहसम्मको भनाईलाई तीनको बुझाईको आधारमा सम्प्रेषण गर्नु पर्ने सीईओ क्षेत्री बताउँछन् । उनले बीमा क्षेत्रको वास्तविक महत्व र यस क्षेत्रले नागरिकहरुको जोखिम बहन गर्न पुर्याएको भुमिकाका बारेमा सबैलाई जानकारी पुर्याउनु पर्ने उनको धारणा छ ।