
मैलुङ खोला हाइड्रोका साधारणसभा आह्वान
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आउँदो पुस ३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा १३ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरु छलफल गरी अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् । गत भदौ १० गते आएको भीषण बाढीबाट यस कम्पनीको विद्युत उत्पादन संरचनाहरुमा व्यापक क्षति पुगेको थियो ।


