
नेपाली बीमा क्षेत्रको विरासत बोकेको नेपाल लाइफ,दैनिक बीमितको मन जित्दै
काठमाडौं । पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एउटा जीवन बीमा कम्पनीको रुपमा मात्र सिमित छैन । उसले नेपाली बीमा क्षेत्रमा छोडेका कतिपय अद्धितिय छाप नै उसको परिचय बन्न भ्याएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई नजिकबाट नियाल्नेहरुले यसको सबैभन्दा ठूलो चुुक्ता पुँजीलाई मात्र नभई अन्य विभिन्न सबल आर्थिक सूचकहरुलाई कम्पनी मापनको अस्त्र बनाउँदै आएका छन् ।
भ्रम चिर्दै नेपाल लाइफ
आज मात्र नभई नेपाल लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा व्याप्त कतिपय भ्रमहरु चिर्न सफल भएको छ । सबैभन्दा ठूलो कम्पनी हुनुको नातालेदेखि सबैभन्दा धेरै बीमित, अब्बल शेयर होल्डरको आवद्धता मात्र नभई नियामक निकायबाट लाइसेन्स लिएर बीमा व्यवसाय संचलान गरेका बीमा कम्पनीहरु मध्ये एक नम्बरको छवि स्थापना गर्नु चानचुने सफलता होइन ।
यस कम्पनीलाई नजिकबाट बुझ्नेहरुले बेला बखतमा कम्पनीलाई लक्षित कतिपय प्रत्यक्ष, अप्रत्यक्ष हमलाहरु यसले नखेपेको होइन । मुख्य कुरा धेरै जनालाई रोजीरोटी दिन सफल नेपाल लाइफबाट अन्य कतिपय बीमा कम्पनीहरु सिक्न लायकका विषयहरु धेरै छन् ।
आज हामीले नेपाल लाइफ इन्स्योरेन्को कुनै पनि सूचकको विश्लेषण गर्न गइरहेका छैनौ । बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले अरु कम्पनी भन्दा भिन्न जाँदु देखाएको जस्तो काम गरेको पनि भन्न खोजका होइनौ । तर, नेपाली बीमा बजारमा नेपाल लाइफ किन बीमा क्षेत्रको गरिमा बन्न सफल भयो त ? आज होइन त्यो बेलामा जति बेला नेपाली बीमा बजारको स्तर निकै तल थियो, विभिन्न हिसाबमा । त्यति बेलाबाट नेपाल लाइफ सफल हुँदै आएको कुरा हामी जो कोहीले भूल्यौ भने विश्व व्यापी बीमाको सिद्धान्तमा समेत अन्याय हुने देखिन्छ ।
यसो भन्दै गर्दा कुनै पनि कम्पनी समस्या बिहीन हुन्छन् भन्न खोजेको होइन । बरु, समस्या कति जटिल छन् त्यसको मापन गरेर समाधान गरे मात्रै समग्र उद्योगको खाँस जोगिने देखिन्छ ।
अब हेरौ केही चर्तिकला
सबै बीमा कम्पनीहरुले एउटै व्यवसाय गरेका छन् । अब कतिपय बीमा कम्पनीहरुले त्यस्तो व्यवसाय गर्दा ठिक, नेपाल लाइफले गर्दा बेठिक भन्ने पनि नहोला । यो बीमा कम्पनीलाई मात्र नभई अन्य प्रकृतिका बैंक, वित्तीय संस्था, अरु कम्पनीमा पनि लागू हुन्छ ।
कतिपय बीमा कम्पनीहरुका सबै कुरा ठिक, केही कम्पनीको सबै कुरा बेठिक भन्ने कुतर्कको बारेमा बीमा क्षेत्रलाई नजिकबाट बुझ्नेहरुले सहि व्याख्या गर्न ढिला गर्नु हुन्न । कारण, आज सोही कारण कसैले बीमा गर्न ढिला गर्यो भने भोली त्यसको लाभांश पाउन बीमितहरु बन्चित हुनु पर्ने अवस्था आउँन सक्छ ।
बीमा क्षेत्रमा समस्याहरु विद्यमान नभएका होइनन् । तर, त्यस्ता अधिकांश विषयहरु बीमाको बुझाईमा देखिएको कमीका कारण उत्पन्न भएको उदाहरण निकै छन् ।
बीमा दर्पण डटकम कुनै पनि एक बीमा कम्पनीको मात्र नभई समग्र बीमा क्षेत्रको विकासमा कलम चलाउने, विचार प्रस्तुत गर्ने, त्यस्ता अभिव्यक्तीलाई प्रस्फुटन गर्ने माध्यम समेत बन्दै आएको छ । सोही ब्यूूटीका कारण यसको कार्यशैली समेत रुचाईएको हाम्रो अनुभव छ ।
कुनै पनि बीमा कम्पनीले दिने दाबी भुक्तानीमा हुने ढिलाईका विषय, यसका साधारण सभाका विषय, बोनसका विषय अब त्यसको संवेदनशीलता र मुख्य सरोकारवाहरु समक्ष पुगेर मात्रै विश्लेष्ण, व्याख्या गर्न जरुरी देखिएको छ ।
नेपाल लाइफले नेपाली बीमा क्षेत्रमा दिएको योगदानलाई ओझेलमा पार्न सक्रिय देखि तत्वहरुलाई कम्पनीले स्रोतले भनेको छ, हत्केलाले सूर्य छेक्न नखोज्नु होला । सकिदैन नी ।


